यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
काठमाडाैं | फागुन ३, २०७९
काठमाडौं: नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ९ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७३ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८२ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९२ रुपैयाँ ४ पैसा र बिक्रीमा ९२ रुपैयाँ ४६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५० पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ ३८ पैसा र बिक्रीमा ३० रुपैयाँ ५२ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ९२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १२ पैसा तोकिएको छ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

